काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नबच्ने गरी आफूले काम थालेको बताएका छन ।

उनले भने, ‘यो अलि पहिलाबाट चल्दै आएको विषय रहेछ । यो सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान भएको पनि होइन । हिँड्दै जाँदा देखा प¥यो । त्यसलाई ह्यान्डल गर्ने भन्ने चुनौती सरकारको अगाडी थियो मैले यो विषयमा कोही पनि दोषी उम्कन नपाउन र निर्दोष कोही नपरून् भन्ने मान्यताको आधारमा निर्देशन दिएको हुँ अहिले पनि त्यही कायम छ । ’

उनले अहिले प्रहरीबाट अदालतमा पुगिसकेकाले यो विषय अदालतबाट दूधको दूध पानीको पानी हुने विश्वास व्यक्त गरे ।
राजस्व, सम्पत्ति सुदृढीकरण जस्ता सबै कुरामा सरकारको ध्यान पनि उनले बताए ।