काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको बताएका छन ।
नीति तथा कार्यक्रम बिरालो बाँध्ने परम्परा धान्ने खालको भएको भन्दै शैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
सांसद शर्माले शनिबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम चैतमा ल्याएर छलफल गर्नुपर्ने बताएका छन ।

