खाँदबारी । संखुवासभाको मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० बर्षीया तुलाराम विष्टको मकालु बेस क्याम्पमा मृत्यु भएको हो ।
पर्यटक लिएर मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिन अघि गएका थिए । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर विरामी परेका थिए ।
घटनाको बारेमा शनिवार बिहान ११ बजे मात्र जिल्ला प्रहरी कार्यालमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र गोदारले बताए । सदरमुकाम खाँदबारीबाट घटना स्थल पुग्न पाँच दिनको पैदल दुरीमा पर्दछ ।

