काठमाडौँ । नक्कली भुटानी शरणार्थीमा संलग्न हुने अभियुक्तहरूले ८१ नेपालीलाई नक्कली नाम राखी भुटानी शरणार्थी बनाएका थिए । उनीहरूलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो ।
सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरूको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन् । किर्ते धन्दामा विशेष पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्र जीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए ।
उनीहरूकै जोड बलमा ८१ नेपालीको नक्कली नाम राखी भुटानी मानव अधिकार सङ्गठनको परिचय पत्र बनाइएको थियो ।