भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

बुधवार सरकारी वकिल कार्यालयले एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व सभासद् आङटावा शेर्पालगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

उनीहरू विरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्र हित विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेस गरेको थियो। यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाइएको छ।

बुधबार, १० जेठ, २०८०, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर