विराटनगर । खानेपानीको संरक्षण र समुचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै सरोकारवालाले जोड दिएका छन् ।
कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् । छलफलका क्रममा जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्दै गएकाले खानेपानीको संरक्षण र सुमचित उपयोगका बारेमा खानेपानी उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले सुझाव दिए ।
खानेपानीको स्रोतलाई प्रदुषण हुन नदिन, पानीको स्रोत नष्ट र लोप हुनबाट बचाउन नागरिक सचेतना अभियान ग्रामीण क्षेत्रसम्म पुर्याउनु पर्ने सरोकारवालाले सुझाएका हुन् ।
यसैगरी पर्याप्त त बजेट नभएका कारण आधारभूत तहको मात्र खानेपानी सबैतिर पु¥याउन सरकार लागेको खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंहले बताए । बजेट प्रर्याप्त नभएका कारण एउटै निकायले मात्र खानेपानी सञ्चालन गर्न गाह्रो भएकोले दातृनिकायहरुसँग सहकार्य गरेर आयोजनाहरु सञ्चालन गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बुले कोशी प्रदेशमा खानेपानीको समस्या जटिल रुपमा रहेको बताउँदै अब बस्ने प्रदेश सभाको बैठकमा कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयक छलफलका लागि प्रस्तुत गरी ऐन मार्फत स्वच्छ, शुद्ध र गुणस्तरीय खानेपानी सबै घरधुरीमा पु¥याउने बताए । धरानको खानेपानीको समस्याको बारेमा प्रदेश सरकारको ध्यान गएकाले यसपटक आउने नीति तथा कार्यक्रम मार्फत दिर्घकालीन समाधान गर्ने बताए ।

