काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्वगोर्खा सैनिक हरि बूढामगरलाई राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन ।
दुबै खुट्टा गुमाएका बूढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथा शिखरमा पुगेर फर्किएका थिए । मंगलबार विहान काठमाडौं आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएका हुन ।
सन् २०१० मा ब्रिटिश सेनामा कार्यरत रहेका बेला अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका मगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् । उनी रोल्पा थबाङ गाउँपालिकाको मिरुलका हुन् ।