काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका १६ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
हिरासतमा रहेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले यस अघि लिएको ३ दिनको म्याद गुज्रिएपछि मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
अनुसन्धान प्रतिवेदन सोमबार बुझाइसकेको प्रहरीलाई पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जनाविरुद्धको अनुसन्धान प्रतिवेदनको अध्ययन सकिएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।

