विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको आह्वान गरेका छन् ।

जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि खापुङले बजेट अधिबेशन आवहान गरेका छन । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए । पुस १७ गते प्रदेशको नामाकरणपछि बैठक स्थकित गरीएको थियो ।