काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हरिबहादुर बुढामगरलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

बुढामगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा मगर समुदायले झाँकी सहित स्वागत गरेका थिए ।

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक समेत रहेका बुढामगर जेठ ५ गते दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए ।