काठमाडौं । एसीसी च्याम्पियनसिप उपाधि विजेता नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय बाणिज्य बैंकले सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बाणिज्य बैंकले विजेता नेपाली क्रिकेट टोली र खेल अधिकारीलाई नगदसहित सम्मान गरेको हो ।
खेलाडिहरुलाई जनही एक लाख तथा खेल अधिकारीहरुलाई पचास हजारको दर नगद सहित सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस्ता सम्मानले खेलाडि र खेल अधिकारीको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले, आफूहरुले राष्ट्रिय जर्सी लगाउन पाउनु नै गर्वको कुरा भएको भन्दै यस्ता सम्मानले झनै जिम्मेवार बन्न प्रेरित गर्ने भनाई राखे ।