त्रुटी हाम्रो हो, सांसदको होइन : प्रहरी

विराटनगर । तीन जना प्रदेश सांसदहरुले निजी सुरक्षाकर्मी (पीएसओ) लिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले नै भुटो विवरण दिएको खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले झूटो विवरण पेश गरेर निजी सुरक्षाकर्मी ९पीएसओ० लिएको विवरण हाम्रोमतलाई उपलब्ध गराएको थियो ।

आइतवार हाम्रोमतले ‘झूटो विवरण पेश गरी प्रदेश सांसदलाई सुरक्षाकर्मी’ शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रदेशसभा सदस्यहरुको चौतर्फी विरोध भएको थियो । सोमवार प्रहरीले विज्ञप्ति निकाल्दै पद र हैसियतको अभिलेखीकरण गर्दा त्रुटि भएको जनाएको छ । प्रहरी उपरिक्षक ऋषिराम कँडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ‘विशिष्ट व्यक्तिहरुलाई सुरक्षा गार्ड खटाइएको सम्बन्धमा माग गरिएको सूचना सम्प्रेषण गर्दा उपलब्ध गराइएको विवरणमा पद हैसियतका सम्बन्धमा अभिलेखिकरण गर्दा त्रुटि हुन गएको व्यहोरा जानकारी गराइन्छ ।’

गत पुस १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेको थियो । त्यसपछाडि कोशी नामको विरोध गर्दै पहिचान पक्षधरहरूले आन्दोलन चर्काएकोमा असुरक्षा भएको भन्दै प्रदेशसभा सदस्यहरुले सुरक्षाकर्मी माग गरेका थिए । नक्कली पद खडा गरेर प्रदेश प्रहरी कार्यालयले आफैले सूचना उपलब्ध गराएको थियो ।

एमालेका प्रदेशसभा सदस्यहरु संखुवासभाका विदुर लिङ्थेप, मोरङका ज्ञानेन्द्र सुवेदी र धनकुटाका निरन राईले पीएसओ लिएका छन । प्रहरीले दिएको तथ्याक अनुसार लिङ्थेपले प्रमुख सचेतक, सुवेदीले र राईले सचेतक भनेर पीएसओ लिएको विवरण दिएको थियो । राईलाई प्रहरी सहायक हवल्दार र सुवेदी तथा लिङ्थेपलाई प्रहरी हवल्दार पीएसओको रूपमा उपलब्ध गराइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोमबार, ०८ जेठ, २०८०, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page