विराटनगर । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई नेतामा चयन गरेको हो । गत वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट उनी विजयी भएका थिए । गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा. सीके राउतसँग पराजित भएका थिए।

यसअघि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव दलको नेता बनेका थिए। रामसहायप्रसाद पनि उपराष्ट्रपति बनेपछि गत चैत ३ गते जसपा दलको नेता पद खाली थियो।