झापामा वनभित्र हात्ती मृत फेला

विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र एउटा हात्ती मृत फेला परेको छ ।

सोमबार बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए । पोथी हात्ती (ढोइ) मृत फेला परेको हो । सो स्थानमा विद्युतीय तारबार नभएकोले हात्तीको मृत्युको कारण खुलेको छैन ।

स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा दुई हात्तीको मृत्यु भएको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सोमबार, ०८ जेठ, २०८०, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर