काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको भुइँचालो आफै आएको बताएका छन । उनले यो प्रकरणमा थेग्न नसक्ने भएपछि आफै बाहिर आएको दावी गरेका छन ।

आइतवारको प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैले बाघ मारेजस्तो हल्ला गरिरहेको बताए । उनले सरकारले जुँगामा ताउ लगाउन आवश्यक नरहेको बताए ।

“आफै विस्फोट भएर आयो । भुइँचालो आफै आयो । यो रोक्न सकिँदैनथ्यो । छेक्न सकिँदैनथ्यो,” ओलीले भने ।