विराटनगर । विराटनगरको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका एक हजार १५० जना विद्यार्थीलाई बिदाइ गरेको छ ।
विज्ञान संकायका ८०० र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो ।
कलेजमा अध्यनरत व्यवस्थापन संकायको १५ औंं ब्याचका र विज्ञान संकायका १४ औं व्याजका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा कलेजको लिएको आन्तरिक परीक्षा तथा हिसानको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद तथा कलेजका अध्यक्ष भीम पराजुली, कलेजका कलेजका प्राचार्य तथा हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका निर्देशक शैलेन्द्रराज शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, संचालकहरु भुपेन्द्र दाहाल, नविन कुमार रोय, रमेश मण्डलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर बिदाइ गरेको थिए ।
विदाई कार्यक्रममा विदाई हुन लागेका सौगात भट्टराई, स्वीकृटि पराजुली, सन्देश श्रेष्ठ र श्रेयन्सा दाहाल लगायतले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।