विराटनगर । विराटनगरमा बिहीबार दिउँसो एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ।

विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दिपेन्द्र कामतले  खुकुरी प्रहार गरेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । । ट्राफिक चोकमा उनीमाथि खुकुरी प्रहार हुँदा उनको हातमा चोट लागेको छ ।

घाइतेको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ। घाइते रायको जोगबनीमा किराना पसल छ। उनीमाथि हमला गर्ने कामतलाई प्रहरीले पक्राउ गरेको छ।