विराटनगर । नेकपा एकीकृत समाजवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३० औँ स्मृति दिवस मनाइएको छ ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङको आयोजनामा पार्टी कार्यालयमा मदन–आश्रितको तस्बिरमा माल्यार्पण गरिएको हो ।माल्यार्पणपछि आयोजित कार्यक्रमका वक्ताहरूले स्व। भण्डारीको विचार र सिद्धान्त वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।
कम्युनिस्टहरू नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारी कुशल सङ्गठनका रूपमा आश्रितले जनताको बहुदलीय जनवादको विकास गरेको उनीहरूको तर्क थियो ।
वक्ताहरूले पञ्चायती प्रक्रियावादीहरूलाई परास्त गर्न मदन भण्डारीको उल्लेख योगदानको चर्चा समेत गरिएको थियो।
विराटनगरको तिन पैनी स्थित एकीकृतका समाजवादी पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा
सो पार्टीका प्रदेश सचिव महेश रेग्मी केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम बहादुर बस्नेत,पार्टी जिल्ला कमिटी मोरङका अध्यक्ष चन्द्र वीर राई ,एकीकृत समाजवादी पार्टीका विराटनगर महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादवले आ आफ्नो धारणा राखेका थिए ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।