विराटनगर । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री, सचिवसहितका अभियुक्तहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधवार अनुमति दिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १४ जना पक्राउ परेर प्रहरी हिरासतमा छन् ।