दमक । झापाको दमकमा रहेको रेल विभागको रेल योजना कार्यालयमा वाइसीएल नेपाल दमक नगर समितिले तालाबन्दी गरेको छ ।
रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सेटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसीएल नेपालका नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले बताए ।
यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एकहप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमको दुईदिन नवित्तै रेल योजना कार्यालयमा तालाबन्दी गरीएको छ ।

