काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता समीकरण फेरबदल नहुने बताएका छन ।
नेपाली कांग्रेसको पछिल्लो गतिविधि र पार्टीमा उत्पन्न परिस्थितबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने महतले बताएका छन ।
‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’
उनले नक्कली शरणार्थीका नाममा भएको ठगीको हकमा कोही निर्दोष नफसुन् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा कांग्रेस रहेको पनि बताए।
महतले यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने पनि बताएका छन्।