विराटनगर । मोरङ जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडा नं. ६ का प्रकास सरदार, धनपालथान गाउँपालिका वडा नं. ५ का दिपेश कुमार सरदार, वडा नं. ६ का विजय सहनी, वडा नम्बर ६ का जितेन कुमार राय र विराटनगर महानगरपालिका ८ का रोहित चौधरी रहेका छन् ।
उनीहरु को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संम्लग्न रहेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा मिति आइतबार सात दिनको म्याद थप गरी उनीहरुको विषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

