विराटनगर । भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै विराटनगरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राख्दै उनीहरूले गर्मीको वास्ता नगरी विरोध जनाए । उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गिएको भन्दै विरोध गरे ।

उनीहरूले भ्रष्टाचार विरुद्ध एक जुट हऔं, दोषी कोही नछुटुन् निर्दोष कोही नफसुन् भन्ने प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । विराटनगरमा पछिल्लो समय दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् ।