विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिन शुरू भएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा बयान लिन शुरू गरिएको हो ।

जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिइरहेका छन् ।

वैशाख २७ गते पक्राउ परेका खाँणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो ।

गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो ।

पछिल्लो पटक नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी आइतवार राति पक्राउ परेका थिए ।