विराटनगर । मोरङको एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ ।
बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा रोगको लक्षण देखापरेको हो । फर्मका बङ्गुर मर्न थालेपछि नमूनापरीक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।
चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने गरेको फर्मका सञ्चालक धीरेन लिम्बूले बताए ।
बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडौँ पठाइएको बताए । रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्ने भए पनि प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल भन्न नसकिने उनले बताए ।

