विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न आजअदालत लगिँदै छ। उनलाई प्रहरीले आइतबार राति बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पुर्जी जारी भएपछि १० दिनदेखि फरार रायमाझी ।

रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।

सोही प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण रायमाझीभन्दा अघि नै पक्राउ परेर प्रहरीको हिरासतमा पुगिसकेका छन्। रायमाझीका छोरा सन्दीप पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन्।