विराटनगर । हाम्रो संयुक्त निजी चालक संघ विराटनगरले संस्थामा आवद्ध नै नभएका व्यक्तिहरुबाट संस्थाका सदस्यहरुको जीउधनको असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको छ ।

आइतबार संस्थाका सचिव भेषराज राजवंशीले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै दिएको उजुरीमा विराटनगर २ का लक्ष्मण राजवंशी, कटहरीका मदनलाल दास, विराटनगरकै शंकर प्रधान लगायतले संस्थाका सदस्यहरुलाई धाकधम्की दिएको, मानहानी गरेको, सदस्यहरुलाई अपहरण गर्न खोजेको जस्ता आरोप लगाइएको छ ।

उजुरीमा उनीहरु संस्थाको सदस्य नरहेको, संस्थामा आवद्ध हुन बारम्बार अनुरोध गर्दा पनि वेवास्ता गरेको उल्टै संस्थाका सदस्यहरुमाथि अभद्र रुपमा पेश हुने गरेको उल्लेख छ । उनीहरुले संस्थागत नीतिनियउम तोडेर संस्थाका पदाधिकारीहरुलाई लान्छना लगाएको भन्दै उनीहरुबाट सुरक्षा खतरा भएको उजुरीमा उल्लेख छ ।