नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन भएको छ ।

महासंघको कोशी प्रदेश समितिले आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत सहित कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापन गरेको हो । .महासंघ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष टिकाराज ढकालले नवनिर्वाचत अध्यक्ष राउतलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

२०७९ चैत्र ९ गते झापामा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको ५औं वार्षिक साधारण सभा र तेस्रो अधिवेशनबाट राउत अध्यक्षतामा नया समिति चयनन गरीएको थियो । उपाध्यक्षमा भीम पौडेल र कुमारमणी पोखरेल र कोषाध्यक्षमा सुवाष आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
सदस्यरुमा प्रितम खड्गी, प्रकाश शिवाकोटी, ऋषिराज तिमसिना, विरेन्द्र साह, धु्रर्वलाल श्रेष्ठ, राजन श्रेष्ठ, दिपक पाण्डे, रविन दाहाल, श्रवण अग्रवाल र भविष श्रेष्ठ कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित भएका थिए ।

अध्यक्ष राउतले सरु केसी र देवकीनन्दन अग्रवाललाई कार्यकारिणी समितिको सदस्य पदमा मनोनयन गरेको छन भने यामबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोज विक्रम साह, विजय श्रेष्ठ, विनोद बस्नेत र रामविनोद रायलाई आमन्त्रित सदस्यमा मनोनयन गरेका छन ।

आइतबार, ३१ बैशाख, २०८०, रातीको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर