खोटाङ । मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद थप गरेको छ ।

आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिन म्यद थप गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो । फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ । फाउन्डेसन राई आफैले सञ्चालन गर्ने गरेका थिए ।