पाँचथर । पहाडी जिल्ला पाँचथरका किसानले पालेका गाई भैंसीमा लम्पी स्किन रोगको प्रकोप बढेको पाइएको छ ।लम्पी स्किनका कारण गाईभैंसीको छालामा गिर्खा निस्किने, ज्वरो आउने, सीथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसानहरु बताँउछन् ।
यो रोगबाट कुम्मायक गाउँपालिकामा सबैभन्दा धेरै गाई भैंसी प्रभावित भएका छन् । पालिकाका २ हजार २८५ वटा गाई भैंसीमा यो रोग देखिएको भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।
कुम्मायकपछि हिलिहाङमा धेरै गाई भैंसी प्रभावित भएका छन् । त्यहाँ १ हजार ४ सय गाई भैंसी प्रभावित भएको भेटेरिनेरी अस्पताल पाँचथरका प्रमुख डा. मनोज महतोले जानकारी दिए । लम्पी स्किन जिल्लाका सबै स्थानीय तहमा फैलिइसके र नियन्त्रणका लागि पालिकाहरुसँग सहकार्य गरेर खोप चलाइरहेको डा. महतोले बताए ।
यो रोगबाट हालसम्म फालेलुङ, मिक्लाजुङ र फाल्गुनन्दमा गरी २२ वटा गाई भैंसी मरिसकेका छन् । जिल्लाभर हालसम्म ५ हजार भन्दा धेरै गाई भैंसीमा यो रोगको प्रकोप देखिएको तथ्यांक छ ।
रोग लागेका पशुलाई टोकेका लामखुट्टे, किर्ना र अन्य किरा तथा परजिवीबाट निरोगी पशुमा यो रोग सर्ने पशु चिकित्सकहरु बताउँ

