विराटनगर । आरजु देउवा राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कालो झण्डा देखाउन प्रयास गर्ने एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाका पत्नि समेत रहेकी केन्द्रीय सदस्य आरजु देउवा राणालाई हेटौँडामा कालो झण्डा देखाउन खोज्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तीकरण सम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सहभागी हुन बिहीवार हेटौंडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झण्डा देखाउन खोजको भन्दै हेटौंडाका कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई हेटौंडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिए।
कोइरालाले बिहीवार बिहान् आफ्नो फेसबुक पेजमा राणाको बिरोध गर्दै बहिष्कारको लागि आग्रह गरेका थिए।
पक्राउ परेका कोइरालाले कांग्रेस नेतृ राणाले उद्घाटन गर्ने भनिएको हेटौँडा २ मा रहेको सुपरमार्केटको उद्घाटन स्थलमा कालो झण्डा देखाएर विरोध गर्ने तयारी गरेका थिए।

