विराटनगर । काँग्रेस युवा नेताहरूले(डेलिगेसन) नै गएर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बधाई दिएका छन् ।

युवा नेताहरू गुरुराज घिमिरे, डा। गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीसहितका नेताले सिंहदरबार पुगेरै ठगीविरुद्ध लाग्ने जोसुकै भए पनि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

नेता विशेष मात्र नभई जघन्य ठगीमा लाग्ने सबैलाई कारवाहीको दायरामा ल्याउन उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्रीले आँट गरेर प्रभावशाली नेताविरुद्ध छानबिन गर्ने र अनुसन्धान अगाडि बढाउने गरी कारबाही अगाडि बढाएपछि काँग्रेसका युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई बधाई दिएका छन् ।

जवाफमा गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी ठगी प्रकरण राज्यविरुद्धकै अपराध भएको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए ।

गलत काम गर्ने जुन दलका जो नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताएका हुन । गृहमन्त्री श्रेष्ठ यस प्रकरणमा अब कुनै हालतमा पछाडि नहट्ने समेत बताएका छन् ।