काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने तयारीमा जुटेका छन ।
नेता गौतमले नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरुसँग मंगलवार छलफल समेत गरेका छन । नेकपा एस र नेता गौतमको पार्टीबीच एकताको विषयमा छलफल भएको नेता जीवनराम श्रेष्ठले बताए । छलफल चलिरहेकाले कहिलेसम्म औपचारिक सहमति हुन्छ भन्ने भन्न नसकिने उनको भनाइ छ ।
नेता गौतमसँगको छलफलमा नेकपा एसका अध्यक्ष नेपालसहित महासचिव घनश्याम भुसाल, नेताद्वय जीवनराम श्रेष्ठ र गंगालाल तुलाधर सहभागी थिए । एमाले परित्याग गरेर कम्युनिष्ट पार्टी एकता अभियान चलाएका गौतम अहिले आफैंले पार्टी गठन गरेका छन् ।

