टोपबहादुरको घरमा प्रहरीको छापा

काठमाडौं । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीको सातदोबाटोस्थित घरमा मंगलबार काठमाडौं प्रहरी परिसरले छापा मारेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा सङ्कलन गर्ने गिरोहमा रायमाझीको नाम मुछिएको थियो । रायमाझीका छोरा सन्दीप भने पक्राउ परीसकेका छन । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी नाम जोडिएसँगै अर्घाखाँचीको एक कार्यक्रमबाट फरार भएका थिए । फरार रायमाझीलाई छानबिनका लागि प्रहरीले खोजी गरिरहेको छ ।

जिल्ला अदालत काठमाडौंबाट रायमाझीलाई पक्राउ गर्न अनुमति लिएपनि उनी सम्पर्कमा आएका छैनन् । रायमाझी कहाँ छन् भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ । प्रहरीले रायमाझीको घरमा उनी चढ्ने गाडी मात्र फेला पारेको छ ।

मङ्गलबार, २६ बैशाख, २०८०, साँझको ०५:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर