काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा रहेको संवैधानिक परिषदले यसअघि नै कार्कीको नाम सिफारिस गर्ने तयारी गरेपनि परिषद्का सदस्य रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी ओलीको असहमतिको कारण सिफारिस हुन सकेको थिए । परिषदमा विपक्षी दलको नेता, प्रतिनिधसभाको सभामुख र उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष तथा कानुनमन्त्री सदस्य रहन्छन् ।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।