विराटनगर । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक (डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् ।
शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौखुरी उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक विश्वराज खापुङ, नेतृ होमकुमारी खापुङ, पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङलगायतको उपस्थिति रहेको थियो ।
सम्मानित भएपछि डीआइजी चन्द्रकुबेर खापुङले निजामती सेवामा प्रवेश गर्ने तयारी भइरहेको बेला प्रहरी सेवाको अधिकृतमा खुलेको कसैले जानकारी दिएपछि हुन्छ या हुन्न भन्ने दोमनहुँदै फारम भरेको विगत सुनाएका थिए ।
पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङले आफू शाखा अधिकृत भइसकेको बेला केही युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउनमा हौसला दिने क्रममा एक चन्द्रकुबेर पनि भएको बताए । धेरैजनालाई हौसला प्रदान गरेकामा चन्द्र सफल अफिसर बन्न सफल भएकोमा बधाई दिएका थिए ।
प्रदेश प्रमुख परशुराम खापुङले आफ्नो विद्यार्थीसमेत रहेका चन्द्रकुबेरले यस ओहोदासम्म पुग्नु गौरवको कुरा रहेको बताएका थिए । उनले नेपाल प्रहरीको एक नम्बरसम्म पुग्नको लागि आशिर्वादसमेत दिएका थिए ।
राजनीतिककर्मी होमकुमारी खापुङ, गौखुरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक विश्वराज खापुङले मन्तव्य राखेका थिए । । .
.मिति
किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका समितिको पाँचौ अधिवेशनसमेत गरिएको कार्यक्रममा काजिमान खापुङको अध्यक्षतामा नयाँ समिति बनेको छ ।
जसको उपाध्यक्ष इन्द्रकुमारी खापुङ, सचिव जयबहादुर खापुङ, सहसचिव राम खापुङ, कोषाध्यक्ष ललित खापुङ छन् ।
सदस्यहरुमा उमा आङबुहाङ खापुङ, पनुमा खापुङ, एलिजा खापुङ, भाष्कर खापुङ, पुकार खापुङ, सरिता खापुङ, हिमालध्वज खापुङ, इङ्वा खापुङ, नविन खापुङ, गणेश खापुङ रहेका छन् ।

