विराटनगर । प्रहरीले विराटनगरबाट ५४ ताेला सुन, ८ केजी चादी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँ बरामद गरेकाे छ ।
सुन, चादी र नगदसहित काराेबारमा संलग्न २ जना पनि पक्राउ परेका छन् ।
काेशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएकाे जानकारी अनुसार थप अनुसन्धान भईरहेकाे छ । को २ च १४९५ नम्बरको इको भेनमा आउदै गरेको समुहको साथबाट सुन र नगद बरामद भएको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुस्पा मुररका छन् । बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ । बरामद भएको सामानको मुल्य अन्दाजी ९० लाख रहेको जनाएको छ ।

