विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निर्माणम सहजीकरण गरेर अगाडी बढ्ने बताएका छन् ।

मोरङ सरुवा भएर आएपछि बिहीबार संचारकर्मीहरू परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अगाडी बढ्ने बताएका हुन् । विकास निर्माण ढिला सुस्ती र गुणस्तरको विषयमा धेरै गुनासो आएको जानकारी दिँदै उनले जिल्ला भएको विकास निर्माणमा सहजीकरण गरेर अगाडी बढ्ने बताए ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै खुल्ला सीमा फाइदा उठाउँदै हुने चोरी, तस्करीको रोकथाम र नियन्त्रणमा पनि सुरक्षा निकायसँग समन्वय र सहकार्य गरी नियन्त्रण गर्ने उनले बताए ।