काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझी र उनका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।