एकीकृत समाजवादी भोजपुर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा पराजुली

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी) भोजपुर काठमाडौँ सम्पर्क मञ्चको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । भोजपुर काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलनबाट भद्र पराजुलीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरीएको छ ।

समितिको उपाध्यक्षहरूमा बी पी आचार्य र सुसन थापा सचिव दीपराज दाहाल , सह सचिवहरू कविता थापा र शैलेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राम कुमार पाण्डे चयन भएका छन । यस्तै समितिको सदस्यहरूमा देवेन्द्र राई, रामजी बिष्ट, शान्तिदेवी राई, नीता मंग्राती, राज कुमार तामाङ, खेशर राई, निल कुमार राई, विजय विश्वकर्मा ,नन्द कुमार विश्वकर्मा ,बाल कुमार घले, सुस्मिता जोगी, लोकेन्द्र श्रेष्ठ र ईश्वर तामाङ चयन भएका छन ।

नेकपा एकीकृत समाजवादीका सचिव तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्मेलनको उद्घाटन गरेका थिए ।

आइतबार, १७ बैशाख, २०८०, साँझको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर