विराटनगर । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।
यसअघि मंसिरमा ४ को निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । उपनिर्वाचनमा उनले रेकर्ड ब्रेक गरेका छन । । । अहिले उनले ४ हजार ८७४ वढी मत पाएका छन । ।
.
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ ।

