तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा ३७ हजार ८४९ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन ।
वाग्लेले १९ हजार २४९ मतसहित फराकिलो अग्रता बनाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले अहिले ११ हजार २७९ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनको साथ थियो । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५२ मत ल्याएका छन ।
तनहुँमा उपनिर्वाचनमा ६३ हजार मत खसेको थियो। अहिलेसम्म त्यहाँ २६ वटा वडाको मत गनिसकिएको छ।
तनहुँ क्षेत्र नम्बर १ मा पर्ने कुल ४२ वडा रहेकोमा अब १७ वटा वडाको मत गन्न वाकी छ ।
आइतबार सम्पन्न मतदानमा यहाँ ६३ हजार ७५७ मत खसेको थियो। तनहुँको जिल्ला समन्वय समितिको सभाहलमा गए रातिदेखि मतगणना भइरहेको छ।

