विराटनगर । लुम्बिनीमा प्रदेशमा पनि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ।
बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । गिरीलाई एमालेका २९ र राप्रपाका ४ जनाले मात्र मत दिएका हुन् ।
लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ भने मुख्यमन्त्रीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक रहेको थियो ।

