काठमाडौं । रिक्त रहेको ३ सीटमा भएको उपनिर्वाचनको मतगणना आजै हुने भएको छ ।
बारा– २, चितवन–२ र तनहुँ–१ मा आइतवार भएको मतदानको गणना आजै साँझदेखि शुरू गर्ने तयारी गरीएको छ ।
निर्वाचन आयोगका अनुसार बारा– २ मा साँझ साढे ७ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ । त्यसलगत्तै प्रक्रिया पूरा गरेर गणना शुरू हुनेछ ।
चितवन २ मा मतपेटिका संकलन गर्न राति साढे १० समेत बज्न सक्ने र त्यसपछि गण्ना गरीने निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ १ मा भने मध्यरात देखी गणना गरीने जनाइएको छ ।

