काठमाडौं । तनहुँ १, चितवन २ र बारा २ मा आइतवार भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सकिएको छ ।
तनहुँ १ मा ५१ प्रतिशत मत खसेको छ भने बारा २ मा झण्डै ५६ प्रतिशत मत खसेको छ । चितवनको भने विरण आइसकेको छैन ।
तनहुँमा १ लाख २३ हजार ३०५ मतदाता थिए। बारा २ मा १ लाख ५ हजार २४८ मतदाता छन्। उपनिर्वाचनमा मंसिरको निर्वाचनमा भन्दा कम मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार केही केन्द्रमा अझै मतदान जारी छ।
गत मंसिर ४ मा भएको चुनावमा यी तीनै क्षेत्रमा बढी मत खसेको थियो।

