काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ ।
मेयर बालेन शाहले सिंहदरबारको फोहोर विभिन्न कारण देखाउदै नउठाउने बताउदै आएका थिए । फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
न्यायाधीश प्रकाशमानसिंह राउतले ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । आज सर्वोच्चले महानगरपालिकालाई उक्त आदेश दिएको हो ।

