विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाम्रोमत दैनिक पत्रिका प्रदेशको ऐनाजस्तै भएको बताएका छन् । बुधबार आयोजित पत्रिकाको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले हाम्रोमतले संघीयताको जग बसाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘सरकारले गरेका राम्रा कामको प्रचार र खबरदारी समेत गर्ने गरेको छ, जुन मिडियाको मुख्य धर्म नै हो ।’ सदनदेखि सरकारसम्मका कुरा जनतामाँझ पु¥याउने भरपर्दाे माध्यम हाम्रोमत भएको भन्दै उनले प्रगतिको शुभकामनासमेत दिए ।

सञ्चार माध्यमहरूले गलत सूचना प्रवाह गर्न नहुने भन्दैमुख्यमन्त्री कार्कीले केही सञ्चारमाध्यमहरूले प्रदेश सरकारले गरेका खर्चको गलत सूचना दिएर जनतामा भ्रम छरेको दाबी गरे । तीन तहका सरकारमध्ये सबैभन्दा बढी प्रभावकारी कार्य प्रदेश सरकारले गरेको दाबी गर्दै उनले नियोजित रुपमा केही तत्वले संघीयतामाथि प्रहार गरिरहेकाले सञ्चारमाध्यमले पनि त्यसलाई चिर्नुपर्ने बताए ।उनले भने ‘संघमा संघीय सरकार प्रदेशमा प्रदेश सरकार र स्थानीय तहमा स्थानीय सरकारमध्ये भएका कामहरुको वस्तुनिष्ठ मूल्यांकन गरेर समीक्षा गरौं ।’

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले प्रदेश सरकारले गरेका प्रगति जनतामाझ सञ्चार माध्यमहरूले सत्य तथ्य रुपमा पु¥याउनु पर्ने बताए । ‘अहिले हामीले गरेका कामहरूको प्रगति जनतामाँझ पुगेकै छैन’ उनले भने ‘जनतामाँझ पुगेपछि प्रदेश सरकारप्रतिको धारणा सकारात्मक हुन्छ ।’ प्रदेशसभा सदस्य गीता तिम्सिनाले हाम्रोमत पत्रिकाले सबैकोविचार भावनालाई समेट्नुपर्ने सुझाव दिइन् ।

प्याब्सनका पूर्व केन्द्रीयअध्यक्ष टीकाराम पुरीले सरकारका कारण पढ्नैका लागि विदेश जाने विद्यार्थीको सखा बढेको भन्दै सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.सुभाषश्री पोख्रेल, उद्योगी भीम घिमिरे, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल लगायतले पत्रिकाको सफलताको कामना गरेका थिए ।

हाम्रोमत राष्ट्रिय दैनिक पत्रिका बिहीबारबाट १९ औं वर्ष पूरा गरी २० आंै वर्षमा प्रवेश गरेको हो । पूर्वेली जनसञ्चार सहकारी संस्था मार्फत् संचालित पत्रिका जनविद्रोह दैनिकको निरन्तरतामा हाम्रोमत दैनिकको रुपमा प्रकाशन हुँदै आएको छ