विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ ।

इन्सेक कोशीप्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।

इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जनानागरिक पीडित भएका छन् ।

अन्य पक्षबाट भएकाअपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीयव्यवहार घटनामा एक जना, घाइते पाँच जना, हत्याका घटनामा नौ जना, महिलाअधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिकअधिकारका घटनामा एक जनानागरिक पीडित भएका छन् ।

तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।

कोशी प्रदेश नामकरणसँगै ०७९ फागुन १७गतेदेखि पहिचानका आधारमाप्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ । चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरूद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुननामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।
आन्दोलनकाक्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएकालिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न मागगर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।

नामाकरणको विषयमालिएर ०७९ फागुन १७गतेयता कोशीप्रदेश अशान्त हुँदा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सङ्कुचित भएको इन्सेकले जनाएको छ ।

चैत १४ गते कोशी प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशसभा सदस्यहरू सहभागी हुने एक कार्यक्रमलाई लक्षित गरी आन्दोलनरत पक्षले कार्यक्रमस्थल विग होटल परिसरमा नारावाजी र हुलदुङ्गा गर्दा प्रहरीसँग भएको झडपमा १४ जनानागरिक घाइते भएको इन्सेक अभिलेखमा उल्लेख छ ।

लाजेहाङको परिवारलाई प्रदेश सरकारको चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले ३ लाख रुपियाँ दाहसंस्कार खर्च उपलब्ध गराउने र सङ्घीय सरकारले चैत २४ गते मृतक लाजेहाङलाई शहिद घोषणा गरेको छ । गृह मन्त्रालयले चैत २८ गते पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वय नगर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेको छ ।

कोशी प्रदेशका १४ ओटा जिल्लामा तीन महिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जना बालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।

जसमा अपहरण घटनामा दुई जना, बेचविखनका घटनामा तीनजना, र एक जनाबालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जना बालक, बलात्कार घटनामा ४१ जना र यौन दुव्र्यवहार घटनामा १५ जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।

महिलाअधिकारका घटनामा १ सय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । जसमा वेचविखन प्रयास घटनामा एक जना, घरेलु हिंसाका घटनामा १ सय ३ जना, वहुविवाह घटनामा १२ जना, बलात्कारका घटनामा २२ जना, बलात्कार प्रयासका घटनामा चार जना र यौन दुव्र्यवहार घटनामा एक जना गरी १ सय ४३ जनामहिला पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

इन्सेकले प्रदेशको मानवअधिकार अवस्थाको स्थितिका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिक रूपमा स्थितिसूचक प्रकाशन गर्दै आएको छ ।

कोशी प्रदेशमा राजनीतिक अधिकार अन्तर्गत भएका विरोध कार्यक्रमका राज्यका तर्फबाट भएको धरपकड, महिला र बालबालिकामाथिका श्रृखलाबद्ध यौनजन्य घटनाले कोशी प्रदेशमा मानव अधिकार सुधार भन्दा कमजोर हुँदै गएको भन्न सकिने अवस्था सिर्जना भएको इन्सेकले जनाएको छ ।

तीन महिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिकाविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनको सवालमा प्रश्न खडा हुने अवस्था देखिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताए ।

इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानवअधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न आवश्यक रहेको थापाको भनाइ छ ।