काठमाडौं । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकरिझ्याइको राजनीति दुईचार दिनको रमाइलो मात्र भएको टिप्पणी गरेका छन् ।
चितवन २ का उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभालाई भरतपुरको धर्मचोकमा सम्बोधन गर्दै महामन्त्री थापाले रविले जनतालाई भड्काउने राजनीति गरिरहेको आरोप समेत लगाएका छन ।
व्यवहारमा कार्यान्वयन गर्न नसिकने तर जनताले सुन्न चाहेको कुरा गरेर अल्मल्याउने काम भइरहेको उनले बताए ।
विगतमा वागी उम्मेदवारलाई समर्थन गरेका कृष्णप्रसाद सापकोटा लगायतका नेताहरू समेत अहिले कांग्रेस उम्मेदवारको समर्थनमा लागेकोले वैशाख १० गतेको चुनावमा मंसिरको नतिजा उल्टिने महामन्त्री थापाले दाबी गरे ।

