विराटनगर । संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दलका बैठक सुरु भएको छ । सोमबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल भएको थियो ।
५ दलले टीआरसी सबन्धी विधेयकलाई संसदबाट टुंगोमा पुर्याउने तयारी गरेका छन्। प्रमुख प्रतिपिक्षी एमाले भने विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने बताउदै आएको छ ।
बालुवाटारको बैठकमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्।
त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति छ।
जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी सहभागी छन्।
सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो।

